समाचारबिहीबार, फाल्गुण १४, २०७१

एमालेले कार्यविभाजन गर्न सकेन

हिमालखबर

नेकपा एमालेकाे स्थायी कमिटी बैठकले अाज पनि कार्यविभाजन गर्न सकेन ।

केन्द्रीय सदस्यको कार्यविभाजन र पाँच वैकल्पिक केन्द्रीय सदस्यको मनोनयनमा शीर्ष नेताबीच सहमति जुट्न नसकेपछि बिना निर्णय बैठक स्थगित गरिएकाे छ ।

मनोनयनको सिफारिसका लागि अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा गठित शीर्ष नेता सम्मिलित कार्यदलको गठन गरिएको थियो । अर्काे बैठक कहिले बस्ने भन्नेमा पछि जानकारी गराइने एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।

स्थायी कमिटीको १३ फागुनकाे बैठकले विभिन्न १० जनालाई केन्द्रीय कमिटीको पूर्ण सदस्यमा मनोनयन गरेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>