समाचारबुधबार, कार्तिक ८, २०६९
माइक्रोवस दुर्घटनामा ४ जनाको मृत्यु
काठमाडौंबाट त्रिशुलीका लागि छुटेको बा १ ज ९७५७ नम्बरको माइक्रोवस ८ कार्तिकमा पासाङ ल्हामु राजमार्गको तीगाउँ नजिकै सडकबाट २ सय मिटर तल खसेको हो ।
घटनास्थलमा तीन जना महिला र एक जना पुरुषको शब भेटिएको र १२ जना घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइएको नुवाकोट प्रहरीले जनाएको छ ।
बेलुकी सवा ६ वजेतिर दुर्घटना भएकोले अध्याँरोका कारण सबै विवरण आइनसकेको प्रहरीले जनाएको छ ।
