समाचारशुक्रबार, फाल्गुण १५, २०७१
सहमति जुट्ने संभावना भएकाले अान्दाेलन शान्तिपूर्णः गच्छदार
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले वार्ताका लागि दुवै पक्ष लचिलाे बन्दै गएकाले भोलि (१६ फागुन)को आन्दोलन शान्तिपूर्ण हुने बताएका छन् ।
विराटनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले ३० दलीय मोर्चा उपलब्धिमूलक वार्ताको पक्षमा रहेको बताए । उनले भने, “दुवै पक्ष सहमतिका लागि लचिलो बनेकाले आन्दोलनपछि सम्भवतः वार्ताका लागि बाटो खुल्छ ।”
दलहरुबीच संविधानको विवादित विषयमा सहमति भएपछि सर्वपक्षीय सरकार बन्ने र संविधान जारी गर्ने तिथि पनि सुनिश्चित हुने उनले बताए ।
