समाचारशुक्रबार, फाल्गुण १५, २०७१
दलहरुले ज्ञानेन्द्रसँग सहमति गरेकै होः राणा
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमसेर जबराले पूर्व राजा ज्ञानेन्द्र र दलहरुबीच सहमति भएको बताएका छन् ।
२०६२/०६३ कोे आन्दोलनमा होमिएका दलहरुसँग ज्ञानेन्द्रले केही न केही समहमति गरेको उनले बताए । राणाले भने, ‘‘भारतीय नेता करण सिंह नेपाल आउदा ज्ञानेन्द्र र नेताहरुबीच सहमति भएको हो ।’’
रिर्पाेटर्स क्लब दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा राणाले राप्रपा हिन्दू राज्यको पक्षमा रहेको बताए ।
उनले एमाओवादी मोर्चाको १६ फागुनको आन्दोलन लगत्तै नयाँ संविधानका विवादित विषयमा सहमति जुट्न सक्ने बताए ।
