समाचारशुक्रबार, फाल्गुण १५, २०७१

लाठीवालाहरु ठेगान लाग्छन्ः पोखरेल

हिमालखबर

shankar pokherनेकपा एमालेका नेता शंकर पोखरेलले एमाओवादीको लाठी प्रदर्शनले संविधानसभाको गति नरोकिने बताएका छन् ।

कोहलपुर नगर कमिटी बाँकेको उद्घाटन गर्दै पोखरेलले भने, ‘‘बन्दूकलाई ठेगान लगाएको जनता लाठी प्रदर्शनसँग डराउदैनन् ।’’ उनले एमाओवादीले हिंसा मच्याएर संविधानसभाको हत्या गर्न खोजेको आरोप लगाए ।

पोखरेलले १५ जेठमा नयाँ संविधान जारी हुने बताए । उनले भने, ‘‘वाइसीएलको लाठीले दोस्रो संविधानसभा असफल बनाउन सक्दैन । संविधान जारी हुन्छ ।’’

एमाओवादीले काठमाडौंमा लाठीसहितका वाइसीएल प्रदर्शन गरेका थिए ।

केशव राना, बाँके

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>