समाचारशुक्रबार, फाल्गुण १५, २०७१

संबिधानसभाले एमाओवादीको संविधान बनाउने होइनः मन्त्री रिजाल

हिमालखबर

विद्रोही गिरी, नवलपरासी

सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले संबिधानसभाबाट एमाओवादीको संविधान बन्छ भन्ने नबुझ्न आग्रह गरेका छन् ।

उनले जनताको मत अनुसार दलहरुको मुद्दा संविधानमा लेखिने बताए । मन्त्री रिजालले भने, ‘‘संविधानसभाले एमाओवादीले भनेजस्तो संविधान बन्छ भन्ने सोच्नु भ्रम हो ।’’

बिस्तृत शान्ति सम्झौतामा र १२ बुदे सहमति अनुसार नै संविधानसभाबाट संविधान जारी गर्न लागेको उनले बताए । मन्त्री रिजालले भने, ‘‘कुनै दलले भनेजस्तो संविधान बन्दैन, सबैको सहमतिमा बन्छ ।’’

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>