समाचारशनिबार, फाल्गुण १६, २०७१
बन्दको विपक्षमा लाग्न व्यवसायीलाई उद्योगमन्त्रीको आग्रह
उद्योग मन्त्री महेश बस्नेतले व्यवसायीलाई बन्दको विपक्षमा लाग्न आग्रह गरेका छन् ।
युवा उद्यमशीलता तालिमका सहभागीलाई प्रमाणपत्र वितरण गर्दै उनले युवा, व्यवसायी कोही पनि बन्दको पक्षमा नभएकाले आन्दोलनको नाममा गरिने सबैखाले बन्दको विपक्षमा उभिनुपर्ने बताए ।
मन्त्री बस्नेतले युवालाई स्वदेशमै अवसर र रोजगारको व्यवस्था गर्न सरकार क्रियाशील रहेको बताए ।
