समाचारशनिबार, फाल्गुण १६, २०७१
प्रधानमन्त्रीले राजिनामा दिनुपर्छः दाहाल
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले भ्रष्टाचारीलाई कार्बाही गर्न नसक्ने प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने बताएका छन् ।
खुल्ला मञ्चमा आयोजित ३० दलीय मोर्चाको आमसभामा बोल्दै दाहालले भने, ‘‘प्रधानमन्त्रीले कि भ्रष्टाचार गर्ने मन्त्रीलाई कार्बाही गर्नुपर्छ होइन भने राजिनामा दिनुपर्छ ।’’
उनले कांग्रेस र एमालेलाई विगतमा भएको सहमति उल्लङ्घन गर्ने अधिकार नभएको बताए । दाहालले दोस्रो संविधानसभा निर्वाचनको परीणामलाई लिएर सत्तारुढ दलहरु भ्रममा रहेको बताए ।
दाहालले भने, ‘‘माधव नेपालले मलाई खोजी खोजी किन दिल्ली र रोल्पा आइपुगे ? केपी ओलीले बुझुन् । दोस्रो संविधानसभाको निर्वाचनले संविधानसभा बनाएको होइन ।’’
