समाचारशनिबार, फाल्गुण १६, २०७१
वार्तामा बस्न तयार छौंः गच्छदार

खुलामञ्चमा आयोजित आमसभामा मजफो लोकतान्त्रिकका विजय गच्छदार र एमाओवादीका पुष्पकमल दाहाल । तस्वीर: देवकी बिष्ट
३० दलीय मोर्चाको प्रमुख घटक मधेशी जनाधिकार फोरमका अध्यक्ष विजय गच्छदारले सहमतीय संविधान निर्माण गर्नका लागि आफूहरु वार्ता गर्न तयार रहेको बताएका छन् ।
मोर्चाले १६ फागुनमा काठमाडौंको खुलामञ्चमा आयोजना गरेको आमसभामा बोल्दै गच्छदारले वार्तालाई अघि बढाउनुपर्ने भन्दै थपे, ‘‘सहमती कांग्रेस र एमालेले तोडेको हो, अव सहमतिका लागि सम्वादको वातावरण उनीहरुले नै मिलाउनुपर्छ ।’’
अरु नेताहरु भन्दा नरम रुपमा देखिएका गच्छदारले मुलुकमा शान्ति चाहिएको बताए । उनले भने, ‘‘अव कसैले मर्न नपरोस्, जेल बस्न नपरोस् ।’’ उनले सहमतीय बातावरण नबने मोर्चासँग आन्दोलनको विकल्प नरहेको बताए ।
