थप समाचारशनिबार, फाल्गुण १६, २०७१
सवारी दुर्घटनामा दुई भारतीयको मृत्यु
वीरगन्जमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
भारतबाट एलपी ग्यास लिएर आउँदै गरेको एचआर ७४ १४६४ नम्बरको ट्याङ्करले इनर्वा प्रहरी चौकीअगाडि बिआर २२ एन ३५६६ नम्बरको मोटरसाइकलमा रक्सौल जाँदै गरेका २७ वर्षीय कुसुमवानी अन्सारी र उनकै छोरा १४ वर्षीय नेक महम्मद अन्सारीको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका ३५ बर्षीय सुब्बाराय अन्सारीको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
एकै परिवारका अन्सारीहरु पश्चिम चम्पारण वेतिया जिल्ला सिसवाका भारतीय नागरिक हुन् ।
ट्याङ्कर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जियालाल साह, वीरगञ्ज
