समाचारआइतबार, फाल्गुण १७, २०७१

होलीको नाममा लोला हान्नेलाई सार्वजनिक मुद्दा, दुई वर्षको कैद

रासस

holiहोली पर्वमा विकृति फैलाउँदै लोला हान्ने, पानी छ्याप्नेलगायत कार्य गर्नेलाई महानगरीय प्रहरी परिसर भक्तपुरले पक्राउ गरी सार्वजनिक मुद्दा लगाउने भएको छ ।

होली पर्वको नाममा जथाभाबी लोला हान्नेलाई पक्राउ गरी सार्वजनिक मुद्दा लगाउने भएको प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक विकास श्रेष्ठले जानकारी दिए । प्रहरी प्रशासनले होली पर्वलाई विकृतिमुक्त बनाउनका लागि सादा पोसाकका सुरक्षाकर्मीसमेत खटाएको छ ।

होलीको दिनमा समेत कसैको इच्छा विपरीत होलीको नाममा फोहोर पदार्थ फाल्ने, रङ्गे दल्ने, जबर्जस्ती लोला हान्नेलाई सार्वजनिक ऐनअन्तर्गत बढीमा दुई वर्षसम्मको जेल सजाय हुने प्रहरीले जनाएको छ ।

विगतमा यस्ता विकृतिका कारण लोला लागेको कानको जाली फुट्ने, घाइते हुने भएको र लोला हान्दा ज्यानै जान सक्ने भएकाले यस्ता कार्यमा संलग्न हुनेलाई सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाएर कारबाही गरिने महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक भीमकिरण बोगटीले बताए ।

जिल्ला प्रशासन कार्यालयले पनि कहीँ कतै होली पर्वका नाममा यस्ता गलत कार्य भएमा तुरन्त प्रहरीलाई खबर गर्नसमेत अनुरोध गरेको छ ।
नेपालमा २० फागुनमा पहाडी जिल्लाहरुमा र २१ गते तराईका जिल्लाहरुमा होली मनाइँदैछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>