समाचारबिहीबार, कार्तिक ९, २०६९
‘दाहालको कुरा फेर्ने बानी सहमितको बाधक’
तनहुँको दमौलीमा ९ कार्तिकमा सञ्चारकर्मीसँग कुरा गर्दै उपसभापति पौडेलले एमाओवादीका अध्यक्ष नै संविधान, सङ्घीयता र लोकतन्त्रविरोधी भएको बताए ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पटकपटक कुरा फेर्ने गरेकाले एमाओवादीलाई विश्वास गर्ने वातावरण बन्न नसकेको उनको भनाई थियो । “काँग्रेसले सत्ताभन्दा पनि संविधान बन्नुपर्छ भन्ने चाहना राखेको छ,” पौडेलले भने ।
अबको आवश्यकता नयाँ चुनाव नै भएकोमा पौडेलले जोड दिएका थिए । रासस

