समाचारआइतबार, फाल्गुण १७, २०७१
मोर्चाको माग पूरा गर्न सकिदैनः राणा
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले एमाओवादी मोर्चाको माग पूरा गर्न नसकिने बताएका छन् ।
राप्रपाले काठमाडौंमा गरेको कार्यक्रममा राणाले भने, ‘‘मोर्चाले भनेजस्तो प्रक्रिया बन्द गरेर संविधान निर्माणको काम रोक्ने कुरा संभव नै छैन ।’’ उनले अघि बढिसकेको संविधान निर्माण प्रक्रिया रोकेर वार्तामा बस्न नसकिने बताए ।
उनले भने, ‘‘सहमतिको लागि धेरै कुरा बाधक देखिँदैन । मधेशका पाँच जिल्ला र संविधान जारी भएपछिको शक्ति सन्तुलनसँग गाँसिएको विषय नै प्रमुख देखिएका छन् । यी दुवै सम्बोधन हुन सक्ने विषय हुन् ।’’
