समाचारआइतबार, फाल्गुण १७, २०७१
विश्वकपमा पाकिस्तानको पहिलो जीत
जारी विश्वकपमा जिम्बाबेलाई २० रनले हराउँदै पाकिस्तानले पहिलो जीत दर्ता गराएको छ ।
आफ्नो तेस्रो खेलमा जिते निकालेसँगै दोस्रो चरणमा जाने पाकिस्तानको सम्भावना जीवितै छ ।
१७ फागुनमा भएको खेलमा टस जितेर व्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा सात विकेट गुमाउँदै २३५ रन जोडेको थियो ।
पाकिस्तानका एम उलहकले सर्वाधिक ७३ रन जोडेका थिए । जावाफी ब्याटिङमा उत्रेको जिम्बाबे ४९.४ ओभरमा २१५ रनमा समेटियो । यसअघि भारत र वेष्ट इन्डिज विरुद्धका खेल गुमाएको पाकिस्तानले ३ खेलमध्ये १ मा मात्र जित निकालेको छ ।
त्यस्तै, चार खेल खेलेको जिम्बाबेले साउथ अफ्रिका, वेष्ट इन्डिज र पाकिस्तानसँगको खेल गुमाएको छ भने यूएईसँगको एक मात्र खेल जितेको छ ।
