समाचारआइतबार, फाल्गुण १७, २०७१
आरके मैनाली एमाले केन्द्रीय सदस्य मनोनित
झापा विद्रोहका अगुवा नेता राधाकृष्ण मैनालीलाई एमालेले केन्द्रीय सदस्यमा मनोनित गरेको छ । यसअघि उनी एमाओवादी केन्द्रीय सल्लाहकार समितिका सदस्य थिए ।
मैनाली र संघीय समाजवादी पार्टी छोडेर एमालेमा फर्किएका विजय सुब्बालाई पनि एमालेले १७ फागुनमा केन्द्रीय सदस्य मनोनयन गरेको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाह अध्यक्षताको मन्त्रिपरिष्दमा सहभागी हुँदै एमाओवादीमा प्रवेश गरेका मैनाली अहिले एमालेमा फर्किएका हुन् ।
केन्द्रीय सदस्य मनोनयन गरिएका मैनाली र सुब्बालाई दिने जिम्मेवारीबारे भने आगामी बैठकमा छलफल हुने एमालेका सचिव प्रदिप ज्ञवालीले बताए ।
उनले भने, ‘‘पार्टीमा कार्यविभाजन हुन बाँकी छ, प्याकेजमै मैनाली र सुब्बालाई पनि जिम्मेवारी दिइनेछ ।’’ एमालेले आजै १० जना केन्द्रीय सदस्यलाई शपथग्रहण पनि गराएको गरेको छ ।
