समाचारसोमबार, फाल्गुण १८, २०७१

तीस दलीय मोर्चासँग भीड्न एमाले एक्लै तयार छः ओली

हिमालखबर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तीस दलीय मोर्चासँग भीड्न एमाले एक्लै तयार भएको बताएका छन् ।

एमालेमा फर्किएका राधाकृष्ण मैनाली र बिजय सुब्बालाई सपथ ग्रहण गराएपछि ओलीले भने, ‘‘विपक्षीले एमालेलाई गाली गर्नुले एमाले बलियो पार्टी भएको प्रमाण हो । १६ फागुनमा मोर्चाले आक्रोश पोख्नुले एमाल झन् बलियो भएको छ ।’’

ओलीले कसैलाई सम्पत्ति वा घरघडेरी दिन्छु भन्दै कार्यकर्ता तयार नपार्ने बताए । उनले भने, ‘‘तीस दलीय मोर्चासँग भीडन् एमाले एक्लै तयार छ, ठूलो शक्तिसँग जुध्न नसकेपछि अहिले उनीहरु आँशु छोरेर पीडा व्यक्त गर्दैछन् ।’’

गुटबन्दी नगर्न मैनालीको आग्रह

एमालेमा फकिएका राधाकृष्ण मैनालीले आफुलाई विगतमा एमालेमा धेरै पटक गुटबदीको सिकार भई अपमान सहनु भएको गुनासो गर्दै अव बहकेर अन्यत्र नजाने प्रतिवद्धता व्यक्त गरे । उनले भने, ‘‘एमालेमा पहिले जेष्ठ सदस्य थिएँ, अहिले कान्छो सदस्यका रुपमा सपथ लिदैछु ।’’

उनले एमालेमा अव गुटबन्दी गर्न नहुने धारणा राखे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>