समाचारमंगलबार, फाल्गुण १९, २०७१

बहुमतको तरवार चलाइएपछि संविधानसभाबाट बाहिरिएका हौंः दाहाल

हिमालखबर

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधानसभामा कांग्रेस र एमालेले ११ माघमा बहुमतको तरवार चलाएकोले त्यसको डरले संविधानसभाबाट बाहिरिएकोे बताएका छन् ।

“माघ ५मा त्यो तरबार देखेका मात्र थियौं,” उनले भने “११ गते त त्यो चलाइएपछि डराउनै पर्‍यो ।”
सरकाार बिरोधी मोर्चाका संयोजक समेत रहेका दाहालले एमाले र कांग्रेसले बहुमतको अहंकार कायम राखे मुलुक थप राजनीतिक संकटमा फस्ने बताए ।

उनले झापा सहित तराईका पाँच जिल्लालाई त्यहाँँका जनताको भावना बिपरित हुनेगरिको संघीयता बनाउन नहुने धारणा व्यक्त गरेका थिए ।

भmापाको विर्तामोडमा ७०० शय्याका बि एण्ड सी टिचिङ हस्पिटलको सेवा शुभारम्भ सभालाई सम्बोधन गर्दै दाहालले भने,“संबिधान सहमतिको दस्तावेज हो भन्नेकुरा उनीहरुले मान्नुपर्छ र यसअघिका सम्झौताहरुको पालना हुनुपर्छ ।”

उनले संविधानसभालाई आफ्नो नेतृत्वको उपलब्धि भने र त्यसलाई अरुले भजाउन खोज्दा आफुलाई पीडा भएको पनि बताए ।
गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>