समाचारमंगलबार, फाल्गुण १९, २०७१

नेका पदाधिकारी बैठक: एमाओवादीमाथि दबाब बढाउन माग

हिमालखबर

फाइल तस्वीर:विकास द्वारे

फाइल तस्वीर:विकास द्वारे

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले समसामयिक राजनीतिक घटनाक्रम सम्बन्धमा आन्तरिक छलफल गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा १९ फागुनमा बसेको पार्टी पदाधिकारी बैठकमा संविधान निर्माणको प्रक्रिया र त्यसका लागि दलहरुबीच भएका सहमतिका प्रयासबारे अनौपचारिक छलफल भएको हो ।

पार्टी सहमहामन्त्री पूर्णबहादुर खड्काका अनुसार सहमतिका लागि भइरहेका अनौपचारिक छलफलबारे समीक्षा भई दलहरुबीच सघन वार्ता बढाउने विषयमा बैठक केन्द्रित थियो ।

बैठकमा सहभागी अधिकांश नेताले सहमतिका लागि एमाओवादी अध्यक्ष दाहाललाई बढी दबाब दिनुपर्ने धारणा राखेका थिए । उनीहरुले वार्ताका लागि अब धेरै नकुर्ने भन्दै एमाओवादीलाई अल्टिमेटम दिनु पर्ने बताएको बैठकमा सहभागी एक नेताले बताए ।

बाबुरामको आलोचना
बैठकमा देशको आन्तरिक मामिलाबारे भारतमा गएर जथाभावी बोलेको भन्दै कांग्रेस नेताहरुले एमाओवादी नेता बाबुराम भट्टराईको आलोचना गरे । नेता शेखर कोइरालाले भारतमा गएर प्रस्ताव समिति विघटन गर्नु पर्ने जस्ता माग राख्नु र प्रधानमन्त्री र एमाले अध्यक्षका बारेमा जथाभावी बोल्नु लज्जास्पद भएको बताए ।

बैठकमा प्रधानमन्त्री एवम् पार्टी सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्री कृष्णप्रसाद सिटौला, सहमहामन्त्री खड्का, सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजाल, कानून मन्त्री नरहरि आचार्य, प्रमुख सचेतक चिनकाजी श्रेष्ठ र नेता शेखर कोइराला सहभागी थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>