समाचारमंगलबार, फाल्गुण १९, २०७१

एउटै मञ्चमा उभिएर कोइराला र दाहालले भने, ‘सहमति जुट्दैछ’

हिमालखबर

-सविता श्रेष्ठ, चितवन

susil n dahalप्रधानमन्त्री सुशील कोइराला र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले एउटै मञ्चमा उभिएर सहमति सकारात्मक दिशातिर बढेको बताएका छन् ।

चितवनमा २० फागुनमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री कोइरालाले सहमतीय संविधानको प्रयत्न जारी रहेको बताए । उनले भने, ‘‘शान्ति र विकासका लागि संविधान अपरिहार्य छ, त्यसको प्रयत्न सकारात्मक दिशातिर अघि बढेको छ ।’’

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीसँग एउटै मञ्चमा उभिएर संविधान निर्माणबारे धारणा राख्ने अवस्थाले सहमति सकारात्मक दिशातिर बढेको संकेत गरेको बताए ।

एसएलसीसम्म पढेको विद्यालय नारायणी विद्या मन्दिरले दाहाललाई पूर्व विद्यार्थीको सम्मान दिएको थियो ।

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>