थप समाचारमंगलबार, फाल्गुण १९, २०७१

हिमपातका कारण विदेशी पर्यटक अलपत्र

हिमालखबर

langtang५ दिनदेखिको भारी वर्षासँगै परेको हिमपातका कारण हिमाली दृश्यावलोकनका लागि लाङटाङ तथा क्यान्जेङ पुगेका लगभग २५ विदेशी पर्यटक अलपत्र परेका छन् ।

लाङटाङका समाजसेवी तेन्जिङपासाङ तामाङका अनुसार पर्यटक तथा स्थानीयवासी हिँडडुल गर्ने अवस्था नरहेको र समुद्री सतहबाट तीन हजार ४०० मि उचाइ (लाङटाङ)मा चार फिट एवम् तीन हजार ९०० मि उचाइ क्यान्जेङको मानव बस्तीमा पाँच फिट हिउँ परिसकेको र हिमपात हुने क्रम जारी छ ।

तामाङका अनुसार गत २० वर्षको अन्तरालमा यो वर्ष भारी हिमपात भएको हो । पिउने पानीको समस्या समाधान गर्न हिउँ पगाल्ने काम भएको र जनजीवन अत्यन्तै कष्टकर भएको बताइएको छ ।

बिरामी परेमा हेलिकोप्टर अवतरण गराउने अवस्थासमेत नरहेको तथा हिमपातले पाँच छ चौंरीगाई मरेको र ५०/६० वटाको अवस्था अज्ञात रहेको समाजसेवी तामाङले जानकारी दिए ।
यस्तै समुद्री सतहदेखि दुई हजार २०० मिमाथि भारी हिमपात भइरहेको नागरिक समाजले बताएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>