समाचारमंगलबार, फाल्गुण १९, २०७१

कांग्रेस–एमालेले बैठक बोलाउन सभाध्यक्षलाई आग्रह गर्ने

हिमालखबर

nuसत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले झण्डै एक महिनादेखि स्थगित संविधानसभा बैठक बोलाउन संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई आग्रह गर्ने भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई दलको बैठकले तत्काल संविधानसभाको बैठक बोलाउन आग्रह गर्ने निर्णय गरेको कांग्रेसका सहमहामन्त्री पूर्णबहादुर खड्काले बताए । उनले भने, ‘‘संविधानसभा बैठक बोलाएर संविधान निर्माण प्रक्रिया अघि बढाउनलाई सभाध्यक्षलाई आग्रह गर्ने निर्णय भएको छ ।’’

विपक्षी दलहरुसँग २१ फागुनबाटै सहमतिका लागि वार्ताको पहल गर्ने निर्णय पनि भएको छ । वार्ताको जिम्मेवारी कांग्रेस सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाले दिइएको छ ।

सरकारबाट नहट्ने एमाले प्रस्टोक्ति

बैठकमा एमालेले कांग्रेससँगको संयुक्त सरकारबाट हट्ने निर्णय आफूले नगरेको स्पष्ट पारेको छ । १९ फागुनमा बसेको एमाले स्थायी कमिटीले सत्ताबाट हट्ने निर्णय गरेको भन्ने चर्चा चलेपछि एमालेले आफ्नो निर्णय प्रष्ट पारेको  हो ।

कांग्रेस सह–महामन्त्री खड्काले भने, ‘‘प्रधानमन्त्रीले एमाले नेताहरुलाई तपाईहरु सरकारबाट हट्ने निर्णय गरेको हो ? भनेर सोध्नुभयो । एमालेले त्यस्तो निर्णय नगरेको भनेपछि संविधान निर्माण प्रक्रियालाई अगाडि बढाउने निर्णय गरेका छौं ।’’

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>