समाचारबुधबार, फाल्गुण २०, २०७१
काठमाडौंको तिनकुनेमा दुर्घट्ना, महिलाको मृत्यु
डिजेल बोक्ने ट्याङ्करले नयाँबानेश्वरको तीनकुनेमा मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि बस्ने महिलाको मृत्यु भएको छ ।
ना२ख २७३५ नम्बरको ट्याङ्करले १९ फागुन साँझ ७.१५ बजे बा५२प ५८३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि मोटरसाइकलमा पछाडि बसेकी ४७ वर्षीया हिरा लामाको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको प्रहरीले बताएको छ ।
मोटरसाइकल चालक तथा मृतकका श्रीमान काभ्रेको खरेलथोकका गणेशबहादुर लामा भने उपचारपछि ‘डिस्चार्ज’ भएका छन् ।
सोही स्थानमा केही महिनाअघि टिप्परको ठक्करले स्कुटर सवार एक युवतीको पनि मृत्यु भएको थियो ।
दुर्घटना पश्चात भागेका ट्याङकरका चालक मकवानपुर बाँसमाढीका ५२ वर्षीय वीरबहादुर घलान लाई प्रहरीले पक्राउ गरेको छ ।
