समाचारबुधबार, फाल्गुण २०, २०७१
टर्किस एयरको विमान काठमाडौंमा दुर्घटना, सबै यात्रु सकुसल
स्तानबुलबाट काठमाडौंका लागि उडेको टर्किस एयरलाईन्सको टीके ७२६ विमान काठमाडौंमा दुर्घटना भएको छ ।
२० फागुन विहान दुर्घटनाग्रस्त विमानमा सवार सबै २४८ यात्रु सकुशल रहेको विमानस्थलस्थित नागरिक उड्डयन कार्यालयले जनाएको छ ।
आपत्तकालीन ढोका खोलेर विमानमा रहेका यात्रुहरूलाई बाहिर निकालिएको हो।
विमानको पाङ्ग्रामा समस्या भएपछि अनियन्त्रित भएर घाँसे मैदानतिर गएर दुर्घटना भएको उड्डयन कार्यालयले जानकारी दिएको छ ।


