समाचारबुधबार, फाल्गुण २०, २०७१

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे दाहाल

हिमालखबर

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

११ माघमा संविधानसभाको दुई तिहाईबाट प्रश्नावली समिति गठन भएपछि वार्तामा नबस्ने निर्णय गरेको मोर्चाका संयोजक समेत रहेका दाहाल प्रधानमन्त्रीसँग पहिलो पटक बार्तामा बसेका हुन् ।

भेटबार्तामा गतिरोध फुकाउनेबारे सकारात्मक छलफल भएको प्रधानमन्त्रीका प्रेस सहयोगी प्रकाश अधिकारीले बताए । उनका अनुसार वार्तालाई सघन बनाउदै सहमतिबाटै संविधान जारी गर्ने सहमति भएको छ ।

यसअघि, १९ फागुनमा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सम्वादलाई अघि बढाउन प्रधानमन्त्रीले पहल गर्ने निर्णय भएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>