समाचारशुक्रबार, कार्तिक १०, २०६९

दशैंको टीका लगाउने क्रम जारी, राजधानीमा चहलपहल बढ्दै

हिमालखबर

दशमीदेखि पूर्णिमासम्म ६ दिन टिका लगाइने परम्परा भएको समुदायमा हिजो र अस्ति नभ्याएकाहरु आज आफन्तकोमा गएर टीका, जमरासहित आशिर्वाद लिने गर्छन् ।

यसैबीच दशैंको बिदामा घर गएकाहरु चाडवाड सकेर काममा फर्कने क्रम पनि शुरु भएको छ । दशैंको पूmलपाती अघिसम्म काठमाण्डुलगायतका सहरबाट गाउँघरतिर जानेहरुको सट्टा अहिले शहरबजार आउने मोटर गाडीहरुमा मानिसको चाप बढ्न थालेको छ ।

तर हरेक वर्ष द्वादशी अर्थात् आजसम्म मात्रै दशैंको सरकारी बिदा हुने भएपनि यसपाली सरकारी कार्यालयहरु मङ्गलदेखि मात्रै खुल्ने छन् । दशैंको द्वादशी आज शुक्रबार परेको र आईतबार मुसलमानहरुको चाड ईदको सरकारी बिदा र सोमबार १३ गते कोजाग्रत परेकाले १४ गतेदेखि मात्रै सरकारी कार्यालयहरु खुल्ने भएका हुन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>