समाचारबुधबार, फाल्गुण २०, २०७१
‘प्रश्नावली समिति नै छैन, के खारेज गर्नु ?’
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधानसभा बैठक केहीदिनभित्रै बस्ने बताएका छन् ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै पौडेलले भने, ‘‘अव धेरै दिनसम्म संविधानसभा बैठक अनिश्चित भइरहन सक्दैन ।’’ उनले २० फागुनबाट प्रधानमन्त्री सुशील कोइराला र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच वार्ता भएकाले चाँडै संविधानसभा बैठक सुरु हुने बताए ।
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई बैठक बाेलाउन कांग्रेस र एमालेले अाग्रह गरिसकेकाले अव प्रश्नावली समितिले तयार पारेको प्रश्नहरुलाई नै संविधानसभामा प्रस्तुत गरिने उनले बताए ।
पौडेलले भने, ‘‘प्रश्नावली समितिले प्रश्न तयार पारेपछि समितिको काम नै सकियो । अव हुँदै नभएको समिति खारेजको माग किन राखिरहेको ?’’ उनले प्रश्नहरु थपिन सक्ने भएपनि तयार भएको प्रश्नहरु खारेज नहुने बताए । पाैडेले भने, “जुन समितिले प्रश्नावली बनाएपनि प्रश्न उही अाउने हाे । कुनै दलले चाहे भने थप प्रश्न थप्न सक्छन् ।”
दलहरुबीच सहमति नजुटेका विषय मतदानबाट टुंगो लगाउने उनले बताए । तराईका पाँच जिल्ला बाहेक अन्य विषयमा सहमति भइसकेकाले संविधान निर्माण प्रक्रिया रोक्न नहुने बताए ।
बाबुरामले हैसियत देखाए
पाैडेलले एमाअाेवादी बाबुराम भट्टराईले भारतमा दिएकाे अभिव्यक्ति राम्राे नभएकाे बताए ।
उनले भने, “हामी त्यस्ताे गर्दैनाैं अाफैंमा विश्वास नहुनेहरुले त्यस्ताे गरे । यसले उहाँकाे हैसियत देखायाे ।”
कांग्रेसकाे समावेशी अभियान
नेपाली कांग्रेसले गणेशमान सिंहकाे सत बार्षिकीकाे अवसर पारेर देशभर समावेशी प्रशिक्षण कार्यक्रम चलाउने भएकाे छ । देशभरका १२०० अादिवासी, जनजाति, दलित, महिला, मधेशी र अल्पसंख्यक महाधिवेशन प्रतिनीधिहरुलाई समावेशीताबारे प्रशिक्षण दिने भएकाे छ ।
समावेशी राज्यकाे पक्षमा सँधै वकालत गर्ने गणेशमानकाे सम्झनामा प्रशिक्षण चलाउने कांग्रेसले जनाएकाे छ ।
