समाचारबिहीबार, फाल्गुण २१, २०७१
अमेरिकी राजदूतमाथि दक्षिण कोरियामा आक्रमण
दक्षिण कोरियामा अमेरिकी राजदूत मार्क लिपर्टमाथि आक्रमण भएको छ ।
दक्षिण कोरियाको राजधानी सियोलस्थित एक लेक्चर हलमा पुगेका राजदूतमाथि एक ५५ वर्षीय व्यक्तिले ब्लेडले आक्रमण गरेको बीबीसीले उल्लेख गरेको छ ।
तस्वीरमा ४२ वर्षीय लिपर्टको हात र अनुहारबाट रगत बगिरहेको देखिन्छ । आक्रमणकारीलाई प्रहरीले पक्राउ गरेको छ भने लिपर्टको ज्यानलाई खतरा नरहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
आक्रमणकारीले आक्रमणका बेला “उत्तर र दक्षिण कोरियाको एकीकरण हुनु पर्छ” भन्दै कराएको प्रत्यक्षदर्शीले बताएका छन् । आक्रमणकारीले दक्षिण कोरिया र अमेरिकाबीच हुने साझा सैन्य अभ्यासको पनि विरोध गरेको थियो ।
साझा सैन्य अभियान दुई कोरियाको एकीकरणमा तगारो भएको मान्यता राख्नेहरुको समूह पनि दक्षिण कोरिया सक्रिय छ ।
