समाचारबिहीबार, फाल्गुण २१, २०७१
विमानस्थल शुक्रवार विहान मात्रै सञ्चालनमा आउने
त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त टर्किस एयरको विमान हटाउन शुक्रवार विहानसम्म लाग्ने भएको छ ।
भारतबाट आएको एयर फोर्स टोलीले दुर्घटनामा परेको विमान हटाउन २२ फागुन विहान १० बजेसम्म लाग्ने जनाएको विमानस्थल स्रोतले बताए ।
२० फागुन विहान दुर्घटनामा परेको विमान हटाउन भारतबाट एयर फोर्स ल्याइएको छ । विमान हटाउन नसकिएपछि सवै अन्तर्राष्ट्रिय उडान अवरुद्ध भएको छ ।

