समाचारशुक्रबार, फाल्गुण २२, २०७१

कोइराला र दाहालबीच भेट, २३ फागुनदेखि औपचारिक वार्ता शुरु हुने

हिमालखबर

300x197xdahal_koirala1.jpg.pagespeed.ic.FSrhch8mhrसंविधान निर्माणमा सहमति जुटाउन दलहरुवीच रोकिएको औपचारिक वार्ता शनिबार, २३ असोजदेखि फेरि शुरु हुने भएको छ ।

२२ असोज विहान प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालवीच भएको भेटमा शनिबार औपचारिक वार्ता गर्ने सहमति भएको हो ।

दलहरुवीच २३ फागुन विहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता गर्ने सहमति भएको दाहालका स्वकीय सचिव चुडामणी खड्काले जानकारी दिए ।

उनीहरुवीच गत ५ माघमा दलहरुवीच भएको छलफललाई आधार मानेर वार्ता गरी २६ फागुनसम्म सहमति जुटाउने सहमति पनि भएको छ ।

११ माघमा संविधानसभाले विपक्षीहरुको असहमतिका बाबजुद प्रस्ताव समिति गठन गरेपछि सत्तापक्ष र विपक्षीहरुवीचको वार्ता रोकिएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>