समाचारशुक्रबार, फाल्गुण २२, २०७१
वार्ता सफल हुन्छः भट्टराई
-केशव राना, बाँके
एमाओवादीका बरिष्ठ नेता बाबुराम भट्टराईले सत्ता पक्षसँग हुने वार्ता सार्थक हुने बताएका छन् ।
भारतबाट फर्कने क्रममा भट्टराईले नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘‘२३ फागुनमा हुने वार्ताले सकारात्मक मोड लिने र आपसी अविश्वास टंगिने विश्वास गरेको छु ।’’
उनले भारत नेपालमा परिवर्तन चाहेको बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नखुलेपछि लखनउ हुँदै भट्टराई नेपालगञ्ज आइपुगेका हुन् ।
