समाचारशनिबार, फाल्गुण २३, २०७१
अवरुद्ध विमानस्थल दिउँसोबाट खुल्ने
चार दिनदेखि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दिउँसो २ बजेबाट खुल्ने भएको छ ।
२० फागुनमा दुर्घटनामा परेको टर्किस एयरको विमान हटाउने प्रयास भइरहेकाले २३ फागुन दिउँसो २ बजेबाट विमानस्थल खुल्ने जनाइएको छ । भारतबाट ल्याइएको एयर फोर्सले दुर्घटनाग्रस्त विमान हटाउने प्रयत्न भइरहेको छ ।
रनवेमा निकालिएको विमानलाई जहाज पार्किङमा लगिएपछि विमानस्थल खुल्ने भएको हो । अवरुद्ध विमानस्थल नखुल्दा हजारौं यात्रुहरु अलपत्र बनिरहेका छन् ।
