समाचारशनिबार, फाल्गुण २३, २०७१
संविधान ल्याउन कांग्रेस रचनात्मक हुनुपर्छः भूसाल
नेकपा एमालेका उपमहासचिव घनश्याम भूसालले अागामी १५ जेठमा नयाँ संविधान जारी हुने बताए ।
प्रेस चौतारी नेपाल म्याग्दी शाखाले बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा भूसालले विपक्षी दलहरुसँग सुरु भएको वार्ता सकारात्मक बन्दै गएकाले अधिकतम सहमतिमा संविधान जारी बताए ।
१५ जेठकाे गणतन्त्र स्थापना दिवसको अवसर पारेर संविधान जारी गर्ने विषयमा छलफल चलिरहेको भन्दै नेता भूसालले संविधान निर्माणका लागि अब नेपाली काँग्रेसले सकारात्मक र रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने बताए ।
