समाचारशनिबार, फाल्गुण २३, २०७१

विमानस्थल आज पनि खुलेन

हिमालखबर

दुर्घटनाग्रस्त टर्किस एयरको विमान हटाउन नसक्दा आज पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालनमा आउन सकेन ।

२० फागुनमा दुर्घटनामा परेको विमान २२ फागुनमै हटाइने भनिएपनि आज साँझसम्म हटाउन सकिएको छैन । विमानस्थल २३ फागुन दिउँसो २ बजे सञ्चालनमा आउने जानकारी पछि विमानस्थल पुगेका यात्रुहरु निरास बनेर फर्किएका छन् ।

विमानलाई पार्किङ स्थलतर्फ लैजाने क्रम जारी रहेकाले २४ फागुनदेखि विमानस्थल सञ्चालन अाउने संवभाना रहेकाे जनाइएकाे छ । रातकाे १२ बजेसम्म विमानस्थल बन्द रहने जानकारी दिइएकाे छ ।

अन्तर्राष्ट्रिय उडान साँझ ६ बजे खुल्न सक्ने

अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान दिउँसो २ बजे सञ्चालन हुने भन्दै यात्रुहरुलाई बाेलाइएपनि उडान नहुँदा यात्रुहरु अलपत्र परेका छन् ।

टर्किस एयरको जहाजलाई तानेर पार्किङस्थलतर्फ लैजाने क्रममा सन्तुलन बिग्रिएका कारण जहाज अड्किएपछि तान्न समय लाग्ने भन्दै विमानस्थलले सूचना जारी गरी अन्तर्राष्ट्रिय उडान बन्द गरेको जनाएको हो ।

यसअघि विमानस्थलले पत्रकार सम्मेलन गरी २० फागुनदेखि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज २ बजेबाट सुचारु हुने जानकारी दिइएको थियो ।

टर्किस एयरको जहाज अवतरणका क्रममा दुर्घटनामा परेपछि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अझै सञ्चालनमा आउन सकेको छैन ।

चारदिनसम्म विमानस्थल बन्द हुँदा हजारौँ यात्रु अलपत्र परेका छन् । आज दिउँसो २ बजेबाट अन्तर्राष्ट्रिय उडान सुचारु हुने सूचना पाएर विमानस्थल पुगेका केही यात्रुहरु निरास भएर फर्किएका छन् । टर्किस एयरको विमानलाई तानेर पार्किङ स्थल पुर्‍याउन लामो समय लाग्ने तथा प्राविधिक जटिलता हुने भएकाले अझै विमानस्थल सञ्चालनबारे यकिन भएको छैन ।

aaaaaaaaaaaaaaaaa

a

aaa

aaaa

aaaaaa

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>