समाचारशनिबार, फाल्गुण २३, २०७१
जेठमा स्थानीय निकायको चुनावः अर्थमन्त्री
-देविका घर्ती मगर, दाङ
अर्थमन्त्री रामशरण महतले आगामी जेठमा स्थानीय निकायको चुनाव हुन सक्ने बताएका छन् ।
दाङको २३ औं जिल्ला परिषद उद्घाटन गर्दे अर्थमन्त्री महतले स्थानीय निकाय लामो समयदेखि जनप्रतिनीधिविहीन हुँदा विकासमा बाधा पुगेकाले जेठमा स्थानीय चुनाव गराउनुपर्ने बताए ।
उनले भने, ‘‘अव मुलकको प्रमुख अजेण्डा आर्थिक विकास हुनुपर्छ, जसका लागि स्थानीय निकायको चुनाव जरुरी छ ।’’
अर्थमन्त्री महतले विकासका लागि राजनीतिक स्थायित्व जरुरी भएकाले अव चाँडै संविधान जारी गर्नुको विकल्प नरहेको बताए ।
