समाचारशनिबार, फाल्गुण २३, २०७१

विमानस्थलको अवरोध हट्यो

हिमालखबर

दुर्घटनाग्रस्त टर्किस एयरको विमान हटाइएपछि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ ।

दुर्घटनाग्रस्त विमानलाई प्राविधिक टोलीले रन वेबाट हटाएपछि विमास्थलको अवरोध हटेको हो । २३ फागुन दिउँसो नै हटाउने भनिएपनि प्राविधिक समस्या आएको भन्दै आज राति १२ बजेसम्म विमानस्थल अवरुद्ध हुने जानकारी गराइएको थियो ।

तर, रन वेबाट विमान हटाइएपछि विमानस्थल सञ्चालनमा आउन सक्ने अवस्था भएको जनाइएको छ । २० फागुनमा दुर्घटनामा परेको विमान हटाएपछि २४ घण्टा नै विमानस्थल सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।

रन वेबाट विमानलाई पार्किङमा लैजान मात्रै बााकी भएकाले अव केही समयभित्रै विमानस्थल सञ्चालनमा अाउने विमानस्थलका प्रबन्धक पूर्ण चुडालले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>