समाचारआइतबार, फाल्गुण २४, २०७१
६ विकेटले अफगानिस्तान पराजित
विश्वकप क्रिकेटमा न्यूजिल्याण्डले अफगानिस्तानलाई छ विकेटले पराजित गरेको छ ।
४७.४ ओभरमा अलआउट हुँदै अफगानिस्तानले न्युजिल्याण्डलाई १८७ रनको चुनौती दिएको थियो ।
अफगानिस्तानको चुनौतीलाई न्युजिल्याण्डले चार विकेटको क्षतिमा ३६.१ ओभरमा भेटायो । अहिलेसम्म भएको चार खेलमा न्युजिल्याण्ड अपराजित यात्रा गरिरहेको छ भने अफगानिस्तानले चार खेलमा एक खेल मात्रै जितेको छ ।
