थप समाचारआइतबार, फाल्गुण २४, २०७१
भारत भ्रमणले वार्ता गर्न दबाव दियोः भट्टराई
एमाओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले भारत भ्रमणले कांग्रेस र एमालेलगायतका सत्तारुढ दललाई दबाव परेको बताएका छन् ।
आफ्नो भारत भ्रमण सार्थक भएको बताउँदै उनले त्यसको दबावले काठमाडौंमा वार्ता प्रक्रिया फेरि सुरु भएको संकेत गरेका छन् ।
‘‘कांग्रेस–एमालेलगायतका दलहरुलाई मात्रै बोकेर भारतीय संस्थापन पक्ष अघि बढ्दैन’’, उनले भने, ‘‘१२ बुँदे सहमतिमार्फत विद्रोही शक्तिको हैसियत प्राप्त एमाओवादीलाई नजरअन्दाज गरेर भारत अघि बढ्न खोजेको होइन ।’’
कान्तिपुर दैनिकबाट
