समाचारआइतबार, फाल्गुण २४, २०७१
गणतन्त्र दिवसमा नयाँ संविधानः सिटाैला
नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले गणतन्त्र दिवसका दिन नयाँ संविधान जारी हुने बताएका छन् ।
झापाकाे भद्रपुरमा अायाेजित कार्यक्रममा सिटाैलाले सवै वर्ग, जातजाति र समुदायलाई समेट्न सक्ने अग्रगामी संघीय लोकतान्त्रिक संविधान जारी हुने बताए । उनले भने, “१५ जेठमा संविधान जारी गर्ने गरी सहमतिका लागि पहल भइरहेको छ ।”
विस्तृत शान्ति सम्झौता र १२ बुँदे सहमतिका आधारमा नयाँ संविधान निर्माण हुने उनले बताए ।
