समाचारसोमबार, फाल्गुण २५, २०७१
कांग्रेस मनाउन सके प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीः नेपाल
नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले एमाओवादीले नेपाली कांग्रेसलाई मनाउन सके प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको अजेण्डामा सहमति हुने बताएका छन् ।
नेपालगञ्जमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले विपक्षी दलहरुसँगको वार्ता सकारात्मक हुँदै गएको बताए । उनले भने, ‘‘एमाओवादीले कांग्रेसलाई मनाउन सक्छ भने प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीमै सहमति हुन्छ ।’’
नेता नेपालले एकअर्काको चाहनालाई संविधानमा समेट्नेगरी अधिकतम सहमतिमा १५ जेठमा संविधान बन्ने बताए ।
-केशव राना, बाँके
