समाचारसोमबार, फाल्गुण २५, २०७१
अजेण्डामा टुंगो नलागेसम्म वार्ता अघि बढ्दैनः पौडेल
–विद्रोही गिरी, नवलपरासी
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले नयाँ संविधानका विवादित विषयमा सहमति नजुटेसम्म वार्ता प्रक्रिया अघि नबढ्ने बताएका छन् ।
नवलपरासीमा आयोजित कार्यक्रममा पौडेलले औपचारिक वार्ता अघि विवादित विषयमा अनौपचारिक सम्वाद गरिने बताए । उनले भने, ‘‘अजेण्डामा सहमति नभएसम्म राजनैतिक सम्वादमा फर्कनुको अर्थ छैन ।’’
उनले विपक्षी दलसँगको वार्ताले सहमति जुट्न नसके चाँडै प्रश्नावली समितिले तयार पारेको प्रतिवेदन मस्यौदा समितिमा पठाइने बताए । पौडेलले भने, ‘‘सत्तापक्ष सहमतिका लागि गम्भीर भएको छ । अव पुरानो पूर्वाग्रह प्रेरित भएर छलफल गर्नुहुँदैन ।’’
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई आन्दोलन नभई वार्तामा गम्भीर हुन आग्रह गर्दै पौडेलले सहमतिमा संविधान जारी गर्ने पक्षमा सत्तारुढ दल रहेको बताए ।
