समाचारसोमबार, फाल्गुण २५, २०७१
सर्वदलीय सरकार बनाअाैंः महत
नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले संविधान निर्माण कार्यलाई गति दिन सर्वदलीय सरकार बनाउनुपर्नेमा बताएका छन् ।
चितवनकाे भरतपुरमा सञ्चारकर्मीसँगकाे कुराकानीमा महतले विपक्षी मोर्चाको भित्रि चाहना सत्ता साझेदारी हो भने सत्तारुढ दल सर्वदलीय सरकार बनाउन हिच्किचाउन नहुने बताए ।
जनताले नयाँ संविधानका लागि दुईपटक निर्वाचनमा सहभागिता जनाएको भन्दै नेता महतले संविधान निर्माणमा प्रतिबद्ध बनाउन सत्तासाझेदारीले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए । उनले भने, “संविधानका विषयमा दलबीच आकाश पातालको फरक छैन, सहमतिबाटै संविधान बनाउने सुनिश्चत गर्न एमाअाेवादी पनि सरकारमा आउनुपर्छ ।”
