समाचारमंगलबार, फाल्गुण २६, २०७१

नेपाली मूलका तिवारीद्वारा अमेरिकी संसदमा उम्मेदवारी

हिमालखबर

नेपाली मूलका जीवन तिवारीले अमेरिकाको डिसी महानगर क्षेत्रअन्तर्गत भर्जिनियाको तल्लो सदन ‘हाउस अफ डेलिगेट्स’ मा उम्मेदवारी घोषणा गरेका छन् ।

कास्कीको लेखनाथ नगरपालिका घर भई १० वर्षदेखि अमेरिकाको उत्तरी राज्य भर्जिनियामा बस्दै आएका तिवारीले २५ फागुनमा भर्जिनियाको हाउस अफ डेलिगेट्सका लागि क्षेत्र नं ८७ बाट सन् २०१५ का लागि डेमोक्य्राट दलबाट उम्मेदवारी दिएका हुन् ।

झण्डै २५ प्रतिशत एसियाली मूलका मानिसको बसोबास रहेको क्षेत्रमा तिवारीले डेमोक्य्राट दलमा विभिन्न पदमा रही २००९ देखि काम गर्दै आएका छन् । उक्त क्षेत्रमा डेमोक्य्राटिक पार्टीको कोषाध्यक्ष भई काम गरेका तिवारीले राष्ट्रपति बाराक ओबामाको चुनावी प्रचारप्रसारमा पनि सक्रिय सहभागिता जनाएका थिए ।

सन् २००४ मा डिभी चिट्ठा परी अमेरिका जानुभएका तिवारी २००५ देखि नै भर्जिनियामा बसोवास गर्दै अाएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>