समाचारमंगलबार, फाल्गुण २६, २०७१
ओली आज पनि घरमै आराम गर्ने
रुघाखोकीले सताएपछि चार दिनदेखि घरमै आराम गरिरहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पनि बाहिर ननिस्कने भएका छन् ।
निजी चिकित्सकबाट उपचार गराइरहेका ओलीले अन्तर दलीय छलफलमा भाग लिएका छैनन् भने पार्टीको स्थायी कमिटीको बैठक पनि स्थगित गरेका छन् ।
मोर्चासँग सत्तारुढ दलहरुको बैठक चलिरहेको बेला ओली विरामी परेका छन् । उनको स्वास्थ्य अवस्था सामान्य नै रहेको उनका स्वकीय सचिव रमेश आचार्यले बताए ।
