समाचारबुधबार, फाल्गुण २७, २०७१

कलैयामा प्रदर्शन जारी, बलात्कारीलाई फाँसीको माग

हिमालखबर

-श्याम गुप्ता, बारा

???????????????????????????????

प्रदर्शनका सहभागी । तस्वीरहरु श्याम गुप्ता

६ बर्षीया बालिकामाथि बलात्कार गर्ने अभियुक्तलाई फाँसीको सजाय दिनुपर्ने माग राख्दै कलैयामा चार दिनदेखि जारी प्रदर्शन रोकिएको छैन ।

बलात्कारपछि अचेत बनेकी पूजा साहको २२ फागुनमा निधन भएपछि स्थानीय प्रदर्शनमा उत्रेका हुन् । उनीहरुले पूजाको शव कलैयाचोंकमा राखेर प्रदर्शन जारी राखेका छन् ।

प्रदर्शनलाई स्थानीय राजनीतिक दल, गैरसरकारी संस्था, नागरिक अगुवालगायतले समर्थन गरेका छन् । उनीहरुले ‘बेटी बचाऊ’ अभियान अन्तर्गत प्रदर्शन जारी राखेका छन् ।

कलैया–८, का बद्रीनारायण साहकी सात बर्षीया छोरी पूजाको बलात्कार अभियोगमा कलैया–४, का २८ बर्षीय कन्हाइ गुप्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ८ फागुन साँझ हराएकी पूजा भोलिपल्ट अचेत अवस्थामा स्थानीय चन्द्र माध्यामिक विद्यालय नजिकै भेटिएकी थिइन् ।

बीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार हुन नसकेपछि पूजालाई काठमाडौंको कान्ती बाल अस्पतालमा उपचारका लागि ल्याइएको थियो । १० फागुनमा नेपाली सेनाको विमानबाट काठमाडौंका ल्याइएको पूजाको उपचारको क्रममा निधन भयो ।

मदिरा सेवन गरेका गुप्ताले बालिकालाई फकाएर बलात्कार गरेको प्रारम्भिक अनुमान गरिएको बाराका प्रहरी उपरीक्षक लोकेन्द्रबहादुर मल्लले बताए । १२ फागुनमा पक्राउ परेका अभियुक्त गुप्तालाई थप अनुसन्धानका लागि सात दिनको म्याद थप गरिएको मल्लले बताए ।

???????????????????????????????

२६ फागुनमा पूजाकाे सम्झनामा दीप प्रज्वलन गरिदै ।

4

प्रदर्शनका सहभागीहरु ।

1

भाव विह्वल अवस्थामा पूजाकाे बुवा ।

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>