समाचारबिहीबार, फाल्गुण २८, २०७१
वार्ताका लागि कांग्रेस र एमालेले साझा धारणा बनाउने
विपक्षी मोर्चासँग वार्तामा बस्नुअघि सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले साझा धारणा बनाउने भएका छन् ।
वार्तामा बस्नुअघि धारणा बनाउन अहिले दुई दलको बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको दुई दलका शीर्ष नेताहरुको बैठकले वार्ताका लागि अजेण्डा तय गर्ने बुझिइएको छ ।
आन्दोलनरत मोर्चाले आन्दोलन स्थगित गरेपछि अहिले वार्ताको पहल भइरहेको छ ।
