समाचारबिहीबार, फाल्गुण २८, २०७१

‘विपक्षी माेर्चासँग निर्णायक वार्ता गर्ने, कांग्रेस–एमालेले नाै बुँदे साझा धारणा प्रस्तुत गर्ने’

हिमालखबर

tttt

तस्वीरः रासस

सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले विपक्षी माेर्चासँग निर्णायक वार्ता गर्ने भएकाे छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा २८ फागुनमा बसेकाे दुई दलकाे बैठकले ३० दलीय माेर्चालाई निर्णायक वार्ताका लागि तयार हुन प्रधानमन्त्री सुशील काेइरालाले अाग्रह गर्ने निर्णय भएकाे कांग्रेसका प्रबक्ता दीलेन्द्र बडूले बताए । उनले भने, “अाज वा भाेलि नै निर्णायक वार्ता गर्छाैं । सहमति नजुटे अव धेरै पर्खन सकिदैन ।”

गत १७ कात्तिकमा यी दुई दलले बनाएकाे साझा नाै बुँदे धारणा नै वार्तामा राख्ने निर्णय गरेकाे छ । “नाै बुँदेकाे अाधारमा रहेर ५ माघमा विपक्षीसँग भएकाे छलफलबाट सहमति खाेज्ने निर्णय भएकाे छ”, बैठकपछि एमालेका बरिष्ठ नेता झलनाथ खनालले भने ।

बैठकमा एमालेका नेताहरुले कांग्रेसलाई अाग्रह गरेका थिए । त्यसपछि प्रधानमन्त्री सुशील काेइरालाले एमालेसँग टाढिएर नजाने प्रष्ट पारेपछि अव हुने वार्तामा दुई दलकाे साझा धारणामा अाधारित बनेर छलफल गर्ने निर्णय गरेकाे छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>