समाचारबिहीबार, फाल्गुण २८, २०७१

तत्काल स्थानीय निकायकाे निर्वाचनः सिंह

हिमालखबर

उपप्रधानमन्त्री प्रकाशमान सिंहले अन्तरिम समयका लागि भए पनि स्थानीय निकायको निर्वाचन तत्काल गर्नुपर्ने बताएका छन् ।

जिल्ला परिषद् उद्घाटन गर्न भरतपुर पुगेका स्थानीय विकासमन्त्री सिंहले सबै दलले घोषणापत्रमा दोस्रो संविधानसभाको निर्वाचनको छ महिनाभित्र स्थानीय निकायको निर्वाचन गर्ने उल्लेख गरेको स्मरण गराए ।

“नयाँ सविंधान जारी भएपछि पनि स्थानीय निकायको निर्वाचन गर्न समय लाग्छ, अन्तरिम समयका लागि भए पनि स्थानीय निकायको निर्वाचन यथाशक्य छिटो गर्नुपर्छ”, उनले भने ।

स्थानीय निकायको निर्वाचनले संविधान निर्माणमा कुनै असर नपर्ने बताउँदै उनले स्थानीय निकायको निर्वाचनका लागि बाटो खोल्न संशोेधित प्रस्ताव संसद्ममा पेस भइसकेको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>