समाचारबिहीबार, फाल्गुण २८, २०७१

बीपीकाे सिद्धान्त परिवर्तन गर्नुपर्छः रिजाल

हिमालखबर

सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले वीपीको सिद्धान्तलाई परिमार्जन गर्नुपर्ने बताएका छन् ।

बीपी चिन्तन प्रतिष्ठानले पाँचथरमा अायाेजना गरेकाे कार्यक्रममा रिजालले बीपीकाे सिद्धान्तलाई समय अनुसार परिवर्तन गर्दै लैजानु अहिलेको आवश्यकता रहेको बताए ।

उनले बीपीले जीवनभर जनताको समृद्धिका लागि लोकतान्त्रिक पाटोबाट अघि बढ्न प्रेरित गरेको स्मरण गरे । उनले कांग्रेस एमालेको दुई तिहाई मतबाट जसरी पनि संविधान बनाउनुपर्ने बताए ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य बद्री पाण्डे, गुरुराज घिमिरे, सभासद् भीष्मराज आङदेम्बे, जिल्ला सभापति नरेन्द्रकुमार केरुङले विपीको प्रजातान्त्रिक समाजवादलाई अनुसरण गरी मुलुकलाई समृद्ध बनाउन सकिने धारणा राखे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>