समाचारशुक्रबार, फाल्गुण २९, २०७१
दलहरु अनाैपचारिक छलफलमा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा अाेली निवास बालकाेटमा जारी एमाअाेवादी र एमाले शीर्ष नेताहरुकाे बैठक ।
सत्ता पक्ष र विपक्षी मोर्चाका दलहरु छुट्टा–छुट्टै छलफलमा जुेटका छन् ।
अहिले नेपाली कांग्रेस र मधेशी मोर्चाको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ भने नेकपा एमाले र एमाओवादीको बैठक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा अनौपचारिक वार्ता भइरहेको छ ।
बालकाेटमा पुगेका एमाअाेवादी नेताहरु अहिले एमाले नेताहरुसँग लञ्चसहितकाे बैठकमा बसिरहेकाे अाेलीका स्वकीय सचिव रमेश अाचार्यले बताए ।
यो छलफलपछि २९ फागुनमै चार पक्षीय बार्ता बस्ने तयारी प्रधानमन्त्रीले गरेका छन् । यसअघि, कांग्रेस–एमाले र कांग्रेस–एमाओवादीबीच २८ फागुनमा अनौपचारिक वार्ता भएको थियो ।
अवरुद्ध संविधानसभा सञ्चालनमा ल्याउदै सहमतीय संविधान जारी गर्न दलहरु वार्तामा जुटिरहेका छन् ।
