समाचारशुक्रबार, फाल्गुण २९, २०७१

सहमतिका नाममा संविधानसभालाई बन्धक बनाउन पाइँदैन: पासवान

हिमालखबर

???????????????????????????????बहुजन शक्ति पार्टीका अध्यक्ष एवम् सभासद बिश्वेन्द्र पासवानले सहमतिको नाममा संविधानसभालाई बन्धक बनाउन नहुने भन्दै बहुमतका आधारमा संविधान जारी हुनु पर्ने बताएका छन् ।

बाराको कलैयामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभासद पासवानले भने, “सबैको सहमति खोज्ने हो भने संबिधान बन्नै सक्दैन त्यसैले मुलुक र नागरिकको समृद्धिका लागि बहुमतले भए पनि संबिधान जारी गर्न ढिलो गर्न हुँदैन ।”

उनले संविधानका विवादित भनिएका अन्तर्वस्तुमा दलहरुबीच खासै विवाद नभए पनि आ–आफ्नै दलगत र व्यक्तिगत स्वार्थका कारण एमाओवादी र मधेशकेन्द्रित दलहरुले बखेडा गरिरहेको आरोप लगाएका थिए ।

श्याम गुप्ता, बारा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>